२०८२ चैत्र २९, आईतवार ११:०७

सुनचाँदीकै मूल्य आज पनि बढेको छ।

सुनको मूल्य आज तोलामा दुईसय रुपैयाँ बढेर २ लाख ९७ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको शुक्रबार सुनको भाउ तोलामा २२ सय रुपैयाँ बढेको थियो भने बिहीबार तोलामा ४ हजार ३ सय रुपैयाँ घटेको थियो।

त्यसैगरि आज चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेर ४ हजार ९७५ रुपैयाँ कामय भएको छ।

गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।

Comment


Related News