२०८२ चैत्र २९, आईतवार १२:०९
पाँचथरमा प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहलगायत अन्य नेताहरूमाथि अपमानजनक शब्दहरू प्रयोग गरेर समाजिक सञ्जालमा भिडिओहरू बनाएपछि एक युट्युबर पक्राउ परेका छन्।
फाल्गुनन्द गाउँपालिका-७ का सामाजिक सञ्जालमा भिडिओ बनाउने युटयुबर रोशन पोखरेल पक्राउ परेका हुन्।
उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार (चैत २६) पक्राउ गरेको हो।
उनलाई साइबरअपराध सम्बन्धी कसूरमा जिल्ला अदालत पाँचथरबाट शुक्रबार नै १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
रोशनले फेसबुक, इस्टाग्राम र ‘hades’ नामको युट्युब च्यानलबाट आपत्तिजनक शब्दहरू बनाएर भिडिओ बनाएका कारण उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ।


