२०८३ बैशाख १, मंगलवार ०७:२५

मानसिक यातना पिडीत बिरामीहरुको संख्या मधेशमा बढदै गएको एक तथ्यांकले देखाएको छ । धनुषास्थित प्रादेशिक अस्पताल जनकपुरमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रले दोस्रो चौमासिक समन्वय बैठकमा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।

बैठकमा अन्तिम ९ महिनामा उक्त केन्द्रमा आएका बिरामी– पिडितहरु मध्ये ५० प्रतिसत जति मानसिक यातनाबाट पिडित भएकाहरु रहेका छन् । एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा २०८२ साउन महिना देखि चैतसम्ममा जम्मा ८८१ जना पिडितहरुको आएका छन् । जसमध्ये पुरुषको संख्या २२ मात्र रहेको छ भने महिलाको संख्या ८५९ रहेको छ ।

बैठकमा प्रत्सतुत तथ्यांक अनुसार ९ महिनाको अवधिमा सबैभन्दा बढी मानसिक यातनाका जम्मा ४०१ पिडितहरु आएका छन । यी मध्ये पुरुषको संख्या १३ रहेको छ भने महिलाको संख्या ३८८ रहेको छ । त्यस्तै, यो अवधिमा अधिकार/श्रोतबाट वञ्चित भएका पिडितको संख्या जम्मा २८३ रहेको छ ।

यसमा पुरुषको जम्मा ८ जना रहेका छन् भने महिला २७५ जना रहेका छन् । त्यस्तै, रुढीवादीप्रथा – दाइजो, भ्रुणहत्या, जात विभेदबाट पिडित हुनेहरुमा जम्मा २२ जना महिला मात्र रहेका छन् भने शारिरीक चोटपटक लागेर उक्त केन्द्रमा आउनेहरुको संख्या ७९ रहेको छ । ती सबै महिला मात्र रहेका छन् ।

यस्तै, यौनजन्य दुव्र्यवहार हुनेहरुमा ८३ जना महिला र १ जना पुरुष गरी जम्मा ८४ जना रहेका छन् भने जबर जस्तीकरणीबाट पिडीत १२ जना महिला रहेको ओसीएमसीद्वारा प्रस्तुत तथ्यांकमा उल्लेख रहेको छ ।

ओसीएमसीमा आउनेहरुमध्ये सबै भन्दा बढी १९ देखि ४९ वर्षसम्मका अधिकांश बिरामी रहेका छन् । ९ महिनामा ओसीएमसीबाट रेफर गरी जम्मा ३९१ जनालाई अस्पतालमा उपचारका लागि पठाइएको छ भने १२ जनालाई प्रहरीमा पठाइएको जानकारी गराइएको छ ।

यस्तै, १७ जनालाई सेफहाउसमा, १५ जनालाई वकील कहाँ, ७४ जनालाई मानसिक जाँचका लागि ८ जनालाई पुर्नस्थापनकालागि र सबैभन्दा बढी ५०६ जनालाई मनोपरामर्श सेवाका लागि पठाइएको अस्पतालका ओसीएमसी डिपार्टमेन्टले जानकारी गराएको छ ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ओसीएमसीमा आएका हिंसा प्रभावितहरुमध्यै सबैभन्दा बढी धनुषा जिल्लाका ५१७ जना रहेका छन् । त्यस्तै, महोत्तरीको ६० जना, सिरहाको ३ जना, सप्तरी र सर्लाहीको २/२ जना रहेका छन् ।

त्यस्तै, झापा, पर्सा, बारा, कास्की, सिन्धुली, रौतहट, काठमान्डौ, मकवानपुर र नुवाकोटका १/१ जना रहेका छन् । गत वर्ष यो अवधिमा जम्मा १५७२ जना ओसीएमसीमा आएका थिए ।

यसले यो वर्ष लैंङ्गिक हिंसा लगायतका सामाजिक अपराधहरुको संख्यामा केही कमी भएको तथ्यांकले दाबी छ । ओसिएममा काम गर्ने डाक्टर/नर्सहरु इच्छुक नहुनु, जनशक्तिको आभाव, ओसीएमसीबाट प्रभावित बाहेक अन्यले पनि निशुल्कको अपेक्षा राख्नु, समयमा प्रभावित बिरामी नआउंदा सबूत प्रमाण संकलनमा समस्या लगायतका चुनौतीहरु रहेको कार्यक्रममा औल्याइयों ।

कार्यक्रममा प्रादेशिक अस्पतालका निर्देशक डा. जामुन सिंहले जनशक्ति आभावलाई दृष्टिगत गर्दै ६० जनाका विज्ञापन समेत गरिएको जसको परीक्षा वैशाख ७ गते हुनेछ भने मानसिक वार्डमा ५ बेड यसै आर्थिक वर्षमा थप्ने तयारी पनि रहेको जानकारी दिए । साथै उनले ३ महिनासम्मको औषधि ओसिएमसीमा आउने बिरामीहरुका लागि मौज्दात राख्न कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

Comment


Related News

Latest News

Trending News