२०८३ बैशाख २, बुधबार ०६:२६

भारतको बिहार राज्यमा पहिलो पटक भारतीय जनता पार्टी (भाजपा)ले सरकारको नेतृत्व गर्ने अवसर पाएको छ ।

जनता दल युनाइटेड(जदयु) का अध्यक्ष समेत रहेका नितिश कुमारले मंगलबार मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै भाजपाले सरकारको नेतृत्व गर्ने औपचारिकता निर्वाह गर्दै सम्राट चौधरीलाई मुख्यमन्त्री चयन गरेको छ । सम्राट चौधरीलाई बिहारको मुख्यमन्त्रीमा राज्यपाल शैइयद आ-गभर्नर ले साँझ नियुक्त गरेका छन् ।उनी बुधवार सपथ लिने बताइएको छ ।

जातिय समीकरण अनुसार चुनावको परिणाम आउने बिहारमा बिजेपीले सम्राट चौधरी -कोइरी) लाई मुख्यमन्त्री बनाएको छ । नितिश कुमार पनि सोही जातिबाट थिए । उत्तर बिहारमा कोइरी जातिको बाहुल्यता रहेको छ । नितिशले मुसलमानको मत पनि पाउने गरेका थिए । सम्राट १० वर्ष बढी राष्ट्रिय जनता पार्टी-राजपा) मा राजनीति गरे ।

राबडी देवी नेतृत्वको सरकारमा उनी पहिलो पटक मन्त्री बनेका थिए । बिहारमा पहिलो पटक सन् २००० मा उनी ७ दिनको मुख्यमन्त्री बनेका थिए । त्यसपछि सन् २००५ देखि २०१४ सम्म ८ वर्ष १ सय ७७ दिन मुख्यमन्त्री रहेका थिए । उनको नेतृत्वमाथि प्रश्न उठ्न थालेपछि उनले उदारता देखाउँदै आफ्नै दलका वरिष्ठ नेता जितनराम माझी २०१४ देखि २०१५ सम्म २ सय ७८ दिन मुख्यमन्त्री बनाएका थिए ।

तर नितिश कुमारले नै उनलाई पदच्यूत गरेर पुनः मुख्यमन्त्री बनेका थिए । त्यसपछि उनी लगातार ११ वर्ष ५१ दिन मुख्यमन्त्री रहेर मंगलबार पदबाट राजीनामा दिए । नितिश कुमारलाई भाजपाले राज्य सभाको सदस्यमा समर्थन गरेर मुख्यमन्त्री हात पारेको छ । बिहारमा भाजपाको सरकार बनेसँगै नितिश नेतृत्वको जेडीयू समाप्त हुने राजनीतिक अड्कल शुरु भएको छ ।

विस्तारवादी पार्टीको रुपमा परिचित भाजपाले अगामी दिनमा आफ्नो एकल सरकार बनाउने तयारी थालिसकेको विश्लेषकहरुले बताउन थालेका छन् । भाजपाले जदयूलाई निलेको बताउँदै वरिष्ठ पत्रकार सुमित अवस्थीले यसका लागि नितिशलाई ठाउँमा पु¥याई सकेको बताए । सञ्चार माध्यमहरुका अनुसार जेडीयूबाट दुई जना उपमुख्यमन्त्री नियुक्त हुने भएका छन् । उपमुख्यमन्त्रीमा विजयेन्द्र यादव र विजय चौधरीको नाम अग्रस्थानमा छ ।

Comment


Related News

Latest News

Trending News