२०८३ बैशाख २, बुधबार १०:५९

सुनचाँदीको भाउ आज पनि बढेको छ । नयाँ वर्षको पहिलो दिन हिजो तोलामा ३ हजार १०० रुपैयाँले बढेको सुनको भाउ आज तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो ।

आज सुन तोलाको तीन लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भाउ बढेर आज सुन तोलाको ३ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १५५ रुपैयाँले बढेर तोलाको पाँच हजार २२० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको पाँच हजार ६५ रुपैयाँ थियो ।

Comment


Related News

Latest News

Trending News