२०८३ बैशाख २, बुधबार २०:१५

नयाँ सरकार गठन भएको एक महिना नबित्दै प्रहरी प्रशासनले अप्रत्यासित रूपमा सक्रियता बढाएको छ। तस्करी तथा अवैध कारोबार नियन्त्रणभन्दा पनि सीमावर्ती क्षेत्रमा सर्वसाधारणलाई प्रत्यक्ष असर पर्ने गरी चेकजाँच कडाइ गरिएको गुनासो बढ्न थालेको छ। सीमावर्ती सहरबाट खरिद गरेर ल्याइने सामानमाथि समेत निगरानी तीव्र बनाइएको छ।

यसैक्रममा पर्सा प्रहरीले अवैध रूपमा सञ्चालन भइरहेका भारतीय नम्बर प्लेटका सवारीसाधनमाथि विशेष चेकिङ अभियान सुरु गरेको छ। जिल्ला ट्राफिक कार्यालय पर्सा र वडा प्रहरी कार्यालय बिर्ताको संयुक्त आयोजनामा सञ्चालन गरिएको उक्त अभियानले सीमाक्षेत्रमा सवारी आवागमनलाई लक्षित गरेको हो।

बुधबार दिउँसो ४स्०० बजेदेखि ५स्३० बजेसम्म छपकैया प्रहरी बिट अगाडि रहेको सडक खण्डमा सञ्चालन गरिएको चेकिङका क्रममा सवारीसाधनहरूलाई रोकि–रोकि कागजात जाँच गरिएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ।

अभियानका क्रममा करिब ४० वटा मोटरसाइकल, स्कुटर तथा कारहरूको जाँच गरिएको थियो। तीमध्ये ११ जना चालकसँग सवारी दर्ता प्रमाणपत्र ९आरसी बुक०, ब्लु बुक लगायत आवश्यक कागजात नभएको र इन्ट्री समेत नगरिएको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिई जरिवाना गरिएको जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख युवराज कटवालले जानकारी दिए।

वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख विक्रम सुवेदीका अनुसार भारतबाट ल्याइएका केही इलेक्ट्रिक स्कुटरहरू बिना नम्बर प्लेट सञ्चालन भइरहेको समेत फेला परेको छ। ती सवारीसाधनका चालकलाई भने सम्झाई–बुझाई गरेर छाडिएको उनले बताए।

प्रहरी प्रशासनले कागजातविहीन तथा नियमविपरीत सञ्चालन भइरहेका सवारीसाधनमाथि आगामी दिनमा पनि निरन्तर कडाइका साथ चेकिङ अभियान सञ्चालन गरिने जनाएको छ। यद्यपि स्थानीयवासीले भने यस्तो कडाइले दैनिक जीवनयापनमा असहजता बढाएको भन्दै सन्तुलित कार्यान्वयनको माग गरेका छन्।

Comment


Related News

Latest News

Trending News