२०८३ बैशाख ३, बिहीबार १३:४५

प्रधानसेनापति अशोकराज सिग्देलले अवकाश प्राप्त सैनिकहरू समाजका ऊर्जा र आदर्श भएको बताएका छन् । म

होत्तरीको बर्दिवासस्थित मध्य पृतना हेडक्वार्टरमा आयोजित ‘भूतपूर्व सैनिक भेटघाट तथा पुनर्मिलन कार्यक्रम’ लाई सम्बोधन गर्दै प्रधानसेनापति सिग्देलले सेनाको संस्थागत हित र राष्ट्रको सार्वभौमिकता रक्षार्थ अवकाश प्राप्त सैनिकहरूले पुर्‍याएको योगदान अविष्मरणीय रहेको बताएका हुन् ।

नेपाली सेनाका अवकाश प्राप्त सकल दर्जालाई समाजमा एक जिम्मेवार, अनुशासित र मर्यादित नागरिकको रूपमा प्रश्तुत हुँदै स्थानीय स्तरमा उत्पादनशील र उद्यमी बन्न आग्रह गरे ।

नेपाली सेनाको कल्याणकारी कोषका सुविधाहरूलाई विकेन्द्रिकृत, पारदर्शी र परिणाममुखी बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्दै उनले शिक्षा, स्वास्थ्य, स्वरोजगार र सीप विकासका क्षेत्रमा हिताधिकारीहरूको पहुँच विस्तार भइरहेको जानकारी दिए ।

प्रधानसेनापति सिग्देलले देशको आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन र अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपाली सेनाले खेलेको भुमिकाले संस्थालाई विश्वमै विश्वसनीय र सम्मानित बनाएको बताए ।

हालै सम्पन्न आम निर्वाचनलाई सुरक्षित र निष्पक्ष रूपमा सम्पन्न गराउन सेनाले देखाएको कार्यकुशलताको समेत उनले प्रशंसा गरे । स्थानीयस्तरमै सृजनशील र उद्यमी बन्न आग्रह गर्दै उनले कल्याणकारी कार्यमा दिगो नतिजा प्राप्त गर्न अवकाश प्राप्त सैनिकहरूको सुझाव र सहकार्य अपरिहार्य रहेको बताए ।

प्रधानसेनापति सिग्देलले भने, ‘देशको सार्वभौमिकताको रक्षार्थ नेपाली सेनाले वहन गरेको भूमिका लगायत आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा गरेको योगदानले आज नेपाली सेनालाई स्वदेश र विदेशमा एक विश्वसनीय र सम्मानित संस्थाको रूपमा स्थापित गरेको छ भने विश्व सामु नेपाल र नेपालीको शीर उच्च राख्न समेत उल्लेखनीय योगदान दिएको छ । हालै सम्पन्न आम निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाले नेपालका अन्य सुरक्षा निकाय तथा निर्वाचन आयोगसँगको सहकार्यमा देखाएको उच्च पेशागत दक्षता, निष्पक्षता, व्यवसायिक चरित्र एवं कार्यकुशलता प्रशंसा योग्य रहेको छ ।’

Comment


Related News

Latest News

Trending News