२०८३ बैशाख ३, बिहीबार १४:११

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलले संसदीय समितिका सभापतिका उम्मेदवार टुंग्याएको छ ।

बिहीबार मध्याह्न सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिहरूका लागि उम्मेदवार तय गरेको हो ।

रास्वपाले उम्मेदवार छनोट गर्दा अनुभव भएका तथा विषयगत विज्ञता भएका सांसदलाई प्राथमिकता दिएको जनाएको छ । यस्तै, सार्वजनिक लेखा समितिको सभापति भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लाई दिने निर्णय गरिएको छ ।

प्रतिनिधिसभाअन्तर्गत संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ भने निर्वाचन शुक्रबारका लागि तय गरिएको छ ।

रास्वपाले प्रस्ताव गरेका सभापति उम्मेदवारहरू:

  • कानून, न्याय तथा मानवअधिकार समिति – समीक्षा बाँस्कोटा
  • पूर्वाधार विकास समिति – आशिष गजुरेल
  • राज्य व्यवस्था तथा सुशासन समिति – हरि ढकाल
  • कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति – अशोककुमार चौधरी
  • महिला तथा सामाजिक मामिला समिति – आकृति अवस्थी
  • उद्योग, वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समिति – रहबर अन्सारी
  • शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति – ओजश्वी शेरचन
  • अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति – सुम्नीमा उदास
  • अर्थ समिति – कृष्णहरि बुढाथोकी
  • राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व समिति – गणेश कार्की
  • संसदीय सुनुवाइ समिति – बोधनारायण श्रेष्ठ

Comment


Related News

Latest News

Trending News