२०८३ बैशाख ४, शुक्रबार ०९:५७
धनुषामाको मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरी इण्डष्ट्रिजमा बिहीबार राति आगलागी भएको छ ।
आगो निभाउन जनकपुर, महेन्द्रनगर र ढल्केवरबाट गएका पाँचवटा वारुणयन्त्रलाइ करिब ३ घण्टा समय लागेको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीको प्रयसामा आगो नियन्त्रमा आएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताए।
आगलागीबाट उद्योगका स्टिम र थर्मोफुल गरी दुईवटा प्रसोधन मेसिनमा गम्भीर क्षति पुगेको छ। कच्चा पदार्थ र तयार गरिएका तेल सम्पूर्ण जलेर नष्ट भएको छ। आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लक्ष्मण केसीले बताए।



