२०८३ बैशाख ४, शुक्रबार १३:३१

बिहानीको कफी होस् वा व्यावसायिक बैठक अनि जमघट वा साँझको आराम, अब कफीको प्रत्येक चुस्कीले एनसेल ग्राहकहरूलाई अझ धेरै नजिक ल्याउनेछ । एनसेल र हिमालयन जाभा कफीबीचको सहकार्यमा नयाँ वर्ष २०८३ देखि सुरु भएको विशेष अफरअन्तर्गत एनसेल ग्राहकहरूले देशभरका सबै हिमालयन जाभा कफी आउटलेटमा प्रिमियम कफी, पेय पदार्थ र खानेकुरामा विशेष छुट पाउन सक्ने भएका छन् ।

हालै मात्र एनसेल र हिमालयन जाभा कफीबीच यो साझेदारीका लागि सम्झौता भएको छ । यो साझेदारीले ग्राहकहरूको भेटघाट, बैठक र जमघटलाई थप रमाइलो र अर्थपूर्ण बनाउनेछ । ४९९ रुपैयाँ वा सोभन्दा माथिका योग्य प्याक प्रयोग गर्ने सबै ग्राहकहरूले एक कफ कफी खरिद गर्दा अर्को एक कप निःशुल्क प्राप्त गर्नेछन् । त्यति मात्रै होइन, तेस्रो कप कफी खरिदमा उनीहरूले ३० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

त्यसैगरी, २५ वर्ष वा सोभन्दा कम उमेरका युवा तथा एनसेल प्रयोग गर्ने पर्यटकहरूले ९९ रुपैयाँ वा सोभन्दा माथिको योग्य प्याक प्रयोग गर्दा सबै किसिमका खानेकुरा तथा पेय पदार्थमा २० प्रतिशत छुट पाउनेछन् । यसबाहेक ९९ रुपैयाँ वा सोभन्दा माथिको प्याक चलाउँदै गरेका वा रेन्टल प्लानमा सक्रिय रहेका सबै एनसेल प्रयोगकर्ताले हिमालयन जाभाका खानेकुरा तथा पेय पदार्थहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यो छुट अफरबारे आफ्नो उत्साह साट्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने, ‘सम्बन्धहरूलाई राम्रा अनुभवहरूका साथ झन् प्रगाढ बनाउनुपर्छ भन्नेमा हामी विश्वास गर्दछौँ । हिमालयन जाभा कफीसँगको यो साझेदारीमार्फत हामीले हाम्रा ग्राहकहरूलाई व्यस्त दैनिकीबाट केही समय निकाल्न, एकअर्कासँग जोडिन अनि जीवनका साना–साना खुसीहरू साट्न थप कारण दिइरहेका छौँ । यो अफरले कफीको हरेक कपलाई अझ अर्थपूर्ण बनाँउछ ।’

Ncell-Himalayan-Java-Signing-1-1776395636.JPG
यो अफर उपयोग गर्न निकै सहज छ । कुनै पनि किसिमको दर्ता प्रक्रियाको झन्झट ग्राहकहरूले लिन पर्दैन । मात्र एनसेलको सक्रिय योग्य प्याक वा रेन्टल प्लान भएको हुनुपर्छ । छुट प्राप्त गर्नका लागि ग्राहकले एनसेल एपमा गएर ‘पार्टनर्ड सर्भिसेस’भित्र रहेको ‘हिमालयन जाभा कफी’ छानेर छुट अफरका लागि आफ्नो व्यक्तिगत योग्यता हेर्न सक्छन् । एउटा बिलमा एउटा मात्र छुट लागू हुन्छ, र ग्राहकको योग्यताका आधारमा उपलब्ध सबैभन्दा धेरै छुट स्वतः लागू हुन्छ ।

‘एनसेलसँगको यो साझेदारीमा नेपालभरका कफी प्रेमीहरूलाई रोमाञ्चक अफरहरू ल्याउन पाउँदा हामी निकै उत्साहित छौँ । हिमालयन जाभाको प्रिमियम कफीप्रतिको लगाव र एनसेलको अर्थपूर्ण सम्बन्ध निर्माण गर्ने प्रतिबद्धतालाई यो सहकार्यले बढवा दिएको छ,’ हिमालयन जाभा कफीका संस्थापक आनन्द गुरुङले भने ।

यो योजनाको लाभ लिन ग्राहकले अर्डर दिने बेला एनसेल एपको ‘लाइभ’ स्क्रिन हिमालयन जाभाका कर्मचारीहरूलाई देखाउन पर्छ, स्क्रिनसट मान्य हुँदैन । प्याक सक्रिय रहेको अवधिभर यो अफरको फाइदा पटकपटक लिन सकिन्छ ।

यो सहकार्यले ग्राहकहरूलाई आफूले चलाउँदै आएको प्लानमा कुनै परिवर्तन नगरी थप सुविधा उपलब्ध गराएको छ । योजनाको बारेमा थप  विवरण र तथा लागु हुने सर्तहरू एनसेलको वेबसाइट वा एनसेल एपबाट प्राप्त गर्न सकिन्छ ।

Comment


Related News

Latest News

Trending News