प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाका सांसद ओजस्वी शेरचन निर्वाचित हुनुभएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले सभापतिमा शेरचनलाई निर्वाचित गरेको हो । सभापति पदका लागि रास्वपाका शेरचन र एमालेका सांसद गुरु प्रसाद बरालको मनोनयन दर्ता भएको थियो । शेरचनलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने पहिलो प्रस्ताव बहुमतले स्वीकृत भएपछि समितिका ज्येष्ठ सदस्य महाविर पुनले निर्वाचित भएको घोषणा गर्नुभयो ।
समितिको समितिमा निर्वाचित भएपछि सभापति शेरचनले सवैको राय सुझाव दिएर समितिलाई अघि बढाउने बताउनुभयो । समितिमा बिषयबिज्ञहरु नै सदस्यको रुपमा रहेकाले समितिलाई प्रभावकारी बनाउन थप सहज हुने उहाको भनाइ छ ।
सभापति शेरचन समितिमा सत्तापक्ष र प्रतिपक्षी भन्दा पनि देश र जनताको पक्षमा जायज बिषयलाई मिलेर अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।



