२०८३ बैशाख ५, शनिबार ०७:४६

मारवाही सेवा समिति जनकपुरधामको अध्यक्षमा प्रमोद कुमार चौधरी भारी मतान्तरले विजयी भएका छन् ।

शुक्रवार समितिको सम्पन्न निर्वाचनमा चौधरीले १४१ मतले विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्दी पवनकुमार केजरीवालल ९६ मात्र प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा मनोज कुमार रुंगटा -अग्रवाल) २११ मतसहित निर्वाचित भएका छन् भने अन्य प्रतिस्पर्धीहरू सन्दीप कुमार अग्रवालले १०५ र अभिनय कुमार मुरारकाले १४२ मत प्राप्त गरेका छन् ।

महासचिव पदमा जय प्रकाश जालान १०१ मतसहित विजयी बनेका छन् भने डा. अनिल कुमार अग्रवालले १२९ मत प्राप्त गरेका छन् । सचिव पदमा विशाल कुमार चौधरी १४४ मतसहित निर्वाचित भएका छन् भने अन्य उम्मेदवारहरू राज कुमार शर्मा -राजु बाबा) ले ८० र विजय कुमार अग्रवाल -केशान) ले ५ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्ष पदमा समीर मुरारका १२३ मतसहित विजयी भएका छन् भने गोविन्द प्रसाद सिकरिया १११ मतसहित पराजित भएका छन् । यस्तै कार्यकारी सदस्यहरुमा विनोद कुमार सर्राफ, सुशिल कुमार मुरारका, कमलचन्द्र जैन, राजेशकुमार सर्राफ, आशिष कुमार सर्राफ -निक्की), प्रभात कुमार अग्रवाल -पिन्टु) र श्याम मुरारका विजयी भएका छन् ।

निर्वाचनको सम्पूर्ण प्रक्रिया प्रमुख निर्वाचन अधिकृत विश्वम्भर प्रसाद सुरेका नेतृत्वमा सम्पन्न भएको जनाइएको छ । निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News