२०८३ बैशाख ५, शनिबार १३:२१

सर्वाेच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा गरेको फैसलामा सभापति गगन थापाले पार्टीलाई एकताबद्ध र साझा यात्राका लागि वातावरण सिर्जना गरेको बताउनुभएको छ ।

आज सामाजिक सञ्जालमा लेख्दै सभापति थापाले फेरि एकपटक पार्टीलाई बलियो बनाउन साझा यात्रामा अगाडि बढ्ने वातावरण सिर्जना गरेको उल्लेख गर्नुभयो । यो जीत वा हारको कुरा नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको कुरा भएको उहाँको भनाइ छ ।

पार्टीका नेता कार्यकर्ताले एकता र पुनरुत्थानका लागि अझ ठूलो जिम्मेवारीका साथ सकारात्मक भूमिका खेल्ने थापाकाे विश्वास छ । यो प्रक्रियामा सभापतिका रूपमा सबैभन्दा ठूलो जिम्मेवारी आफ्नो काँधमा आएकाे र त्यसैअनुसार सक्रिय हुने उहाँको प्रतिबद्धता छ ।

१५औँ महाधिवेशनको प्रक्रिया शुरू भइसकेको र यसलाई सफल बनाउन तथा पार्टीलाई रूपान्तरण र सुदृढ पार्ने अवसरका रूपमा प्रयोग गर्न पनि उहाँको आग्रह छ ।

सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापाको पक्षमा फैसला गरेको छ । हिजो न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले थापा नेतृत्वको कार्यसमितिको पक्षमा फैसला गरेको हो ।

Comment


Related News

Latest News

Trending News