जनकपुरधामको पिडारी चोकमा विशुद्ध थकाली खाना उपलब्ध गराउने उद्देश्यसहित ‘जनकपुर थकाली’ नामक होटेल सञ्चालनमा ल्याइएको छ ।
पछिल्लो समय जनकपुरधाम आउने आन्तरिक तथा बाह्य पर्यटकहरूमा थकाली खानाप्रति बढ्दो आकर्षण देखिएसँगै उक्त मागलाई मध्यनजर गर्दै होटेल सञ्चालन गरिएको सञ्चालक सुमन्त कर्णले जानकारी दिए । उनका अनुसार अन्य होटेलहरूमा थकाली खाना पाइए पनि आफूले खोजेजस्तो मौलिक स्वाद नपाएको अनुभूति भएपछि विशुद्ध थकाली परिकारमै केन्द्रित भएर नयाँ होटेल सुरु गरिएको हो ।
होटेलमा रेष्टुरेन्ट एरिया, कन्फ्रेन्स हल लगायतका सुविधाहरूको व्यवस्था गरिएको छ । परिवारका सदस्यहरूसँगै बसेर आरामदायी वातावरणमा खाना खाने सुविधा उपलब्ध गराउने प्रतिबद्धता समेत सञ्चालक कर्णले व्यक्त गरे ।
करिब ५० लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको उक्त होटेलले जनकपुरधामको खाद्य पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास लिइएको छ ।



