२०८३ बैशाख ६, आईतवार १२:०८

आइतबार सुनको भाउ तोलामा एक हजार २०० रुपैयाँले बढेको छ ।

भाउ बढेर सुन आज तोलाको ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति शुक्रबार सुनको भाउ तोलाको २ लाख ९९ हजार ८०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ९५ रुपैयाँले बढेर तोलाको ५ हजार २२५ रुपैयाँ कायम भएको छ ।

चाँदीको भाउ अस्ति शुक्रबार तोलाको पाँच हजार १३० रुपैयाँ रहेको थियो ।

Comment


Related News

Latest News

Trending News