२०८३ बैशाख ९, बुधबार ०७:४१

आन्तरिक विवादका कारण बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का कर्मचारीहरुले गत २६ महिनादेखि तलब भत्ता पाएको छैन ।

परिषद्मा विवादै विवाद र अदालती मुद्दा मामिलाका कारण कर्मचारीहरु गत २६ महिनादेखि तलब भत्ता पाउन नसकेको बुझिएको छ । लामो समयदेखि तलब भत्ता नपाएपछि कर्मचारीलाई दैनिक जीवनसहित घरपरिवार चलाउन मुश्किल भएको छ ।

बृहतर जनकपुर विकास परिषद्मा नियम विपरीत परिषद् को खाता सञ्चालन, अध्यक्ष र कार्यकारी निर्देशकबीचको विवाद, अदालतमा मुद्दाहरु विचाराधीन, नियमविपरीत कर्मचारी भर्ना, सामान खरिदमा भ्रष्टाचारजस्ता बेथितिको चाङ्ग नै रहेका छन् ।

कार्यकारी निर्देशक वैद्यनाथ पासवानको हस्ताक्षर किर्ते गरेको आरोपमा प्रहरी बहालवाला अध्यक्ष शितल साहलाई पक्राउ गरी मुद्दासमेत चलाएको थियो ।

त्यसैगरी मुल्यांकन भन्दा २१ लाख बढीमा दुईवटा घुम्ती शौचालय खरिद गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतले हालै परिषद् का अर्का पूर्वअध्यक्ष शालीग्राम सिंहलगायत ६ जनालाई दोषी ठहर गरेको छ ।

तलब र नियुत्तिका विषयमा कर्मचारी र अध्यक्षबीच पटक पटक विवाद हुँदै आएका कारण ऐतिहासिक सम्पदाको संरक्षण र सम्बद्र्धनका लागि २७ वर्षअघि स्थापना भएको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अस्तव्यस्त बनेको छ ।

धनुषा, महोत्तरीसहितका जिल्लाहरूमा रहेका मठ मन्दिरलगायत मिथिला मध्यमा परिक्रमा क्षेत्रभित्र रहेका ऐतिहासिक पुरातात्विक र सांस्कृतिक स्थलहरूको संरक्षण तथा विकास गर्न २०५५ सलमा स्थापना भएको थियो ।

२०४७ सालमा स्थापना भएको परिषद्मा कार्यकारी निर्देशकदेखि कार्यालय सहयोगीसम्म कार्यरत २३ जनामध्ये भ्रष्टाचारको आरोपमा चारजना निलम्बनमा परेका छन् भने तीनजना सेवा निबृत्त भइसकेका छन् ।

Comment


Related News