२०८३ बैशाख १०, बिहीबार १४:४३
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूका लागि विद्युतीय हाजिरी अनिवार्य गर्न निर्देशन गरेको छ।
बिहीबार मन्त्रालयका शाखा अधिकृत पिताम्बर सारुले सबै सरकारी कार्यालयलाई बोधार्थ पठाउँदै यस्तो निर्देशन गरेका हुन्। कर्मचारी कार्यालय आएको र कार्यालयबाट बाहिरिएको समयको हाजिरी अनिवार्य गर्न भनिएको छ।
साथै बैशाख ८ गते सचिवस्तरीय निर्णय भएको भन्दै १५/१५ दिनको हाजिरी विवरण प्रिन्ट गरी राख्न पनि निर्देश गरिएको छ।
यदि कार्यालयमा विद्युतीय हाजिरी नभएमा त्यसको व्यवस्था गर्न आग्रह गरिएको छ।




