२०८३ बैशाख १०, बिहीबार १५:२७
नेपाली कांग्रेसको संसदीय दलको विधान पारित भएको छ। सांसदहरूले छलफल गरी विधान पारित गरेर अनुमोदनका लागि पार्टीलाई पठाएका छन्।
निर्वाचन कार्यतालिका अनुसार आज मतदाताको अन्तिम नामावली प्रकाशनसम्म भएको छ।
भोलि बिहान ११ बजेदेखि मध्याह्न १२ बजेसम्म संसदीय दल नेता उम्मेदवारको मनोनयन हुनेछ।
मतदान अपराह्न ४ बजेदेखि ५ बजेसम्म र लगत्तै मतगणना हुनेछ।



