२०८३ बैशाख १०, बिहीबार १७:४८

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वैशाख १७ गतेका लागि आह्वान गरिएको सङ्घीयसंसद्को अधिवेशन स्थगित गरेका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन रोकेका हुन्।

राष्ट्रपतिका कार्यलयका अनुसार अधिवेशन रोक्न सरकारले बिहीबार राष्ट्रपति कार्यालयमा पत्र पठाएको थियो। तर, उक्त पत्रमा नयाँ अधिवेशन कहिले आह्वान गर्ने भन्ने कुनै मिति खुलाइएको छैन।

यसअघि वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले वैशाख ९ गते संसद्को अधिवेशन वैशाख १७ का लागि आह्वान गरेका थिए।

Comment

Related News

Latest News

Trending News