२०८३ बैशाख ११, शुक्रबार १४:२९

मधेस प्रदेशसभाको चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ ।

मधेस प्रदेश प्रमुखको कार्यालयले शक्रबार विज्ञप्ति जारी गरेर  मधेस प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबाट शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको जनाइएको छ ।

मन्त्रिपरिषद्को यही वैशाख ९ गतेको बैठकले आज मध्यरातदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।

Comment

Related News

Latest News

Trending News