२०८३ बैशाख ११, शुक्रबार १८:१२

व्यवसायी शेखर गोल्छालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौँले गोल्छालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बिहीबार काठमाडौँको नक्सालबाट पक्राउ गरेको थियो।

सिआइबीका अनुसार नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ को आधारमा उनीविरुद्ध अनुसन्धान अघि बढाइएको हो।

उनीमाथि धितोपत्र बजारमा गैरकानुनी कार्य गरी ऐन उल्लंघन गरेको आरोप छ।

Comment

Related News

Latest News

Trending News