२०८३ बैशाख १२, शनिबार १४:१५

सरकारले नदी किनारमा रहेको सुकुम्वासी बस्ती हटाउन सुरु गरेको छ ।

पहिलो चरणका काठमाडौंको थापाथली, गैरिगाँउ र मनोहरामा रहेको सुकुम्वासी बस्ती हटाइएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगर प्रहरीले संयुक्त रूपमा सो क्षेत्रमा रहेका घरटहरा हटाइका छन् । बल प्रयोग नगरी शान्तिपूर्ण रूपमा थापाथली क्षेत्रका घरटहरा हटाइएको र अन्य स्थानमा पनि हटाउने क्रम जारी रहेको काठमाडौं प्रशासनले जनाएको छ । सरकारले दुई दिन अघि देखि जोखिमयुक्त सार्वजनिक क्षेत्रमा बसिरहेका सुकुमबासी तथा भूमिहीनलाई आफ्ना सरसामान, पशुचौपायलाई सुरक्षित स्थानमा सार्न आग्रह गर्दै आएको थियो ।

थापाथली क्षेत्रबाट घरवारबिहीनहरुलाई सरकारले नै आश्रयस्थलको व्यवस्था गरेको छ । बास्तविक सुकुमबासी पहिचान भएपछि उनीहरुलाई राज्यले नै आवश्यक व्यवस्था गर्ने बताइएको छ । सरकारले बस्ती हटाउने निर्णय गरेसंगै थापाथली, गैरिगाँउ र मनोहराका सुकुमबासी घरटहरा छाडेर निस्किएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले शनिबार र आइतबार काठमाडौँ उपत्यकाका नदी किनारामा अवैध ढङ्गले बनाइएका घरटहरा हटाउन निर्देशन दिनुभएको थियो ।

Comment


Related News

Latest News

Trending News