२०८३ बैशाख १३, आईतवार ०७:३८

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस तथा जयन्ती शनिबार सीताप्रति श्रद्धाका साथ भक्तिपूर्वक पूजा अर्चना गरी भव्यतापूर्वक सम्पन्न भएको छ ।

जनकी नवमीको अवसरमा जानकी मन्दिरको प्रांगणमा शनिबार विशेष कार्यक्रम आयोजना गर्दै साँझमा दीप प्रज्वलन गरिएको थियो । जानकी नवमी अर्थात सीताको जन्मजयन्तीको अवसरमा सात दिवसीय विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

जानकीको जन्मोत्सवको अवसरमा जानकी मन्दिरको आयोजनामा विभिन्न कार्यक्रम गरी जानकी नवमी उत्सव मनाइएको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले जानकारी दिए ।

वैशाखको शुक्ल नवमीको मध्याह्नमा धर्तीबाट प्रकट भएको धर्मग्रन्थमा गरिएको वर्णन र जानकी मन्दिरको चलनलाई निरन्तरता दिँदै जानकी नवमी मनाइएको उनले बताए ।

शाही स्नान, जन्मोत्सव, डोला शोभा यात्रा, बधाई गानसहित जानकी नवमी उत्सव सम्पन्न गरिएको उनले बताए । यस अवसरमा नेपाल–भारतका विभिन्न स्थानका साधुसन्त पनि जनकपुरधाममा आएको उनले बताए ।

Comment


Related News