२०८३ बैशाख १३, आईतवार १३:५३

नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको हो।

बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेश गर्ने र सहमतिमा नेताको नाम टुङ्ग्याउने तयारी रहेको बताइएको छ।

कार्यसम्पादन समितिको बैठकपछि सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाइएको छ।संसदीय दलको बैठकबाट दलको नेता चयनसम्बन्धी विषय पारित गर्ने कार्यसूची रहेको छ।

Comment

Related News

Latest News

Trending News