२०८३ बैशाख १३, आईतवार १६:५१

भारतका विदेश सचिव विक्रम मिस्री नेपाल भ्रमणमा आउने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएपछि भारतबाट हुने यो पहिलो उच्चस्तरीय भ्रमण हुनेछ। विदेश सचिव मिस्रीले नेपाल आएपछि नयाँ सरकारलाई बधाई सन्देश दिने र प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय टुङ्गो लगाउने बताइएको छ ।

उनले भारत भ्रमणमा रहेका नेपाली पत्रकारहरूसँग मन्त्रालयमा कुराकानी गर्दै छिट्टै नेपाल आउने योजना रहेको तर मिति भने अझै तय नभएको  उनले बताए । साथै उनले नेपालका परराष्ट्रमन्त्रीसँग यसबारे निरन्तर छलफल भइरहेको पनि बताए।

यसअघि मोरिससमा आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबिच भेटवार्ता भएको थियो । सो भेटमा प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको विषयमा पनि छलफल भएको थियो।

Comment


Related News

Latest News

Trending News