२०८३ बैशाख १४, सोमबार ११:३८

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले इरानी राष्ट्रपति मसउद पेजेस्कियनसँग टेलिफोन वार्ता गरेका छन् । वार्ताका क्रममा प्रधानमन्त्री सरिफले क्षेत्रीय शान्ति र सुरक्षाका लागि पाकिस्तानको दृढ प्रतिबद्धता दोहोर्याएको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कुराकानीका क्रममा दुवै नेताले वर्तमान क्षेत्रीय परिस्थिति र शान्ति तथा स्थिरता प्रवद्र्धनका लागि भइरहेका प्रयासहरूबारे विस्तृत विचार आदानप्रदान गरे । सरिफले पाकिस्तानले क्षेत्रीय शान्ति र सुरक्षाका लागि आफ्ना प्रयासहरू जारी राख्ने बताए ।

प्रधानमन्त्रीले गत अप्रिल ११ र १२ मा इस्लामावादमा भएको उच्चस्तरीय इरानी प्रतिनिधिमण्डको भ्रमणको प्रशंसा गरे । साथै, उनले इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीको नेतृत्वमा इस्लामावाद पुगेको अर्को प्रतिनिधिमण्डललाई पनि स्वागत गरे, जसले आजै पाकिस्तानी राजधानीमा महत्वपूर्ण भेटघाटहरू गरेको छ ।

सरिफले हालैका दिनमा विभिन्न विश्व नेताहरूसँग भएका आफ्ना कुटनीतिक प्रयासहरूबारे पनि जानकारी साझा गरे । यी प्रयासहरूले द्वन्द्वग्रस्त क्षेत्रमा स्थायी शान्ति प्राप्त गर्नका लागि वार्ता र कूटनीतिलाई समर्थन गर्न बृहत्तर सहमति जुटाउन मद्दत पुगेको उनले उल्लेख गरे ।

आफ्नो तर्फबाट, इरानी राष्ट्रपति पेजेस्कियनले जारी शान्ति प्रयासहरूमा पाकिस्तानको योगदानको प्रशंसा गरेको विज्ञप्तिमा बताइएको छ ।

Comment


Related News

Latest News

Trending News