२०८३ बैशाख १४, सोमबार १६:३८
सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले कीर्तिपुरमा रहेकाे त्रिवि क्रिकेट मैदान नभत्काइने बताउनुभएकाे छ ।
आज बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू सुनाउने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता पाेखरेलले त्रिविसँग नयाँ लिज सम्झाैता गरिने बताउनुभएको हो । उहाँले विश्वविद्यालय र खेलमैदान राज्यकै निकाय र लगानी भएको भन्दै नयाँ रूपले सम्झौता गरेर अघि बढ्ने उल्लेख गर्नुभयाे । उहाँले भन्नुभयो, ‘राज्यको यत्रो लगानी भएको छ, दुवै राज्यकै निकाय हुन् । भत्किने भन्ने हुँदैन ।’
त्रिभुवन विश्वविद्यालयले आफ्नो जग्गामा रहेका भौतिक संरचना खाली गर्न नेपाल क्रिकेट सङ्घ (क्यान) लाई पत्र पठाएर क्रिकेट मैदान खाली गर्न भनेको छ ।


