२०८३ बैशाख १५, मंगलवार ०८:०९

प्रतिनिधि सभाका उपसभामुख रुबी ठाकुरको गृह वडा जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियामा ‘बेटी बचाओ, बेटी पढाओ, बेटा बेटी एक समान’ भन्ने सन्देशसहित सचेतनामूलक अभियान सञ्चालन गरिएको छ ।

मुजेलिया समाजको अगुवाइमा आयोजित अभियानमा स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेख्य सहभागिता रहेको थियो । अभियान अन्तर्गत सहभागीहरूले बस्तीका विभिन्न टोलमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै बालबालिका र अभिभावकलाई छोरीहरूको संरक्षण, शिक्षा तथा समान अधिकारको महत्त्वबारे जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागीहरूले छोरी र छोरा समान हुन् भन्ने सन्देश समाजभर फैलाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले विद्यमान लैङ्गिक विभेद अन्त्यका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए । स्थानीय बासिन्दाहरूले यस्ता अभियानले समाजमा सकारात्मक सोचको विकास गर्ने विश्वास व्यक्त गरेका छन् ।

आयोजकले उपसभामुख ठाकुरले घोषणा गरेको दहेजमुक्त समाज अभियान अन्तर्गत यो संचालन गरिएको हो र आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने बताएका छ्न ।

Comment


Related News