२०८३ बैशाख १५, मंगलवार ०८:१४

भारत–नेपाल सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मीको सक्रियतासँगै लागूऔषध ओसारपसार नियन्त्रणमा अर्को महत्वपूर्ण सफलता हात लागेको छ। बारा जिल्लासँग जोडिएको सीमाक्षेत्र नजिक सशस्त्र सीमा बल ९क्क्द्य० र प्रहरीले संयुक्त रूपमा सञ्चालन गरेको जाँचका क्रममा टाटा सफारी गाडीबाट ठूलो परिमाणमा गाँजा बरामद गरिएको हो।

सोमबार साँझ करिब ५ बजेतिर भारतीय पक्षको बिओपी झरोखर चेकपोस्टमा नियमित सवारी जाँच भइरहेका बेला नो म्यान्स ल्याण्ड क्षेत्रमा केही सवारीसाधन पालो कुरिरहेका थिए। यही क्रममा एउटा टाटा सफारीका चालक अचानक गाडी छाडेर फरार भएपछि सुरक्षाकर्मीको ध्यान तानिएको थियो।

शंकास्पद अवस्था देखिएपछि चेकपोस्टमा खटिएको टोली र झरोखर प्रहरी घटनास्थलमा पुगेर गाडीको विस्तृत जाँच गर्दा भित्र लुकाइ राखिएको करिब ३० किलोभन्दा बढी गाँजा फेला परेको हो। एसएसबी मुख्यालय पिपराकोठीका सहायक कमान्डेन्ट बिश्वजित तिवारीका अनुसार गाँजा प्याकेटमा सुरक्षित रूपमा राखिएको अवस्थामा बरामद गरिएको हो।

बरामद गरिएको बीआर ०५ पी ७३१८ नम्बरको टाटा सफारीभित्र सवारी दर्ता प्रमाणपत्र ९च्ऋ० समेत भेटिएको जनाइएको छ। गाँजा सीमा स्तम्भ नम्बर ३५७र०३ नजिक, झरोखर गाउँ आसपासको नो म्यान्स ल्याण्ड क्षेत्रबाट नियन्त्रणमा लिइएको एसएसबी प्रवक्ता बिनित कुमार सिंहले जानकारी दिए।

हाल गाडी र बरामद गाँजा नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमानअनुसार उक्त गाँजा मकवानपुरबाट बारा हुँदै सीमातर्फ ल्याइएको हुन सक्ने बताइएको छ।

Comment


Related News

Latest News

Trending News