२०८३ बैशाख १५, मंगलवार १२:५३

राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्ष २०८२/०८३ मा ३.८५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ। उपभोक्ता मूल्यका आधारमा यो अनुमान गरिएको हो। कार्यालयले मंगलबार राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गरेको हो।

चालू आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने अनुमान गरिएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । वास्तविक मूल्यको आधारमा अर्थतन्त्रको वृद्धिदर ३.६८ प्रतिशत हुने अनुमान छ।

विश्व बैंकले गत चैतमा सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेटमा चालू वर्ष २.३ प्रतिशतमा आर्थिक वृद्धिदर खुम्चिने अनुमान गरेको थियो।

यता सरकारले चालू आवको बजेटमार्फत गत वर्ष जेठमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो। तर गत माघमा गरेको अर्धवार्षिक बजेट समीक्षामा अर्थ मन्त्रालयले यस वर्ष ३.५ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो।

Comment


Related News

Latest News

Trending News