२०८३ बैशाख १५, मंगलवार १७:५८
सरकारले २ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पत्र पठाएको छ ।
हिजोको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम संवैधानिक परिषद् काम, कर्तव्य र अधिकारसम्बन्धी र सहकारी समस्या समाधान सम्बन्धी गरी २ वटा अध्यादेश स्वीकृतिका लागि पठाइएको स्रोतले बतायो । यसअघि यही १७ गतेदेखि आव्हान गरिएको संसद अधिवेशन विशेष कारण देखाउँदै सरकारले स्थगन गराएको थियो ।
सरकारको सिफारिस पत्रपश्चात राष्ट्रपति कानुनी परामर्शमा रहेको बताइएको छ ।
संसद छलेर सरकार अध्यादेशको बाटोमा लागेको भन्दै चौतर्फी आलोचना भइरहँदा सरकारले २ अध्यादेश ल्याउन लागेको हो ।


