२०८३ बैशाख १७, बिहीबार ०७:५२

धनुषाको कमला नगरपालिकामा आर्थिक वर्षको बजेट ल्याउन नगरसभा सम्पन्न भएको दुई साताभन्दा बढी वितेको छ । तर अहिलेसम्म पनि ज्येष्ठ नागरिकदेखि शिक्षक, कर्मचारीलगायतकाले समेत तलब भत्ता पाउन नसकेको छैन । कमला नगरपालिकाकी उपमेयर शिलादेवी मण्डलले आफूलाई बेवास्ता गरी दबाबमा आर्थिक वर्ष २०८२/०८३ नगरसभाबाट बजेट ल्याए पनि नगरवासीको समस्या समाधान नभएको भन्दै आपत्ति जनाएकी छन् ।

कमला नगरपालिकाको कार्यालयमा बुधबार पत्रकार सम्ेमलन आयोजना गरी उपमेयर मण्डलले आफूहरुको असहमतिको बावजुत ल्याइएको नगरसभा सम्पन्न गरेको दुई साता वित्दा पनि कार्यान्वयनमा नल्याइ मेयर विशेश्वर यादव र प्रमुख प्रशासकीय अधिकृत नै दुई सातादेखि नै सम्पर्कविहीन रहेको आरोप लगाइन् ।

आफूहरुले नगरसभा गर्नु अघि वितेको दुई वर्षसम्मको आर्थिक वर्षमा हालसम्म कुन कुन शीर्षकमा के कति खर्च गरिएको छ, विकास निर्माणका कामकारबाही र बजेट परिचालनलगायतका कामकारबाहीमा आफ्नो संलग्नता विना नै मेयर यादवको मिलेमतोमा प्रमुख प्रशासकीयले आफूहरुलाई थर्काएर त्रासदी वातावरणमा राखेर नगरसभा सम्पन्न गर्नु कानुनी व्यवस्थाको खिल्ली उडाएको उपमेयर मण्डलले भनिन् ।

उपमेयरले कमला नगरपालिकाको कार्यकारिणी समितिमध्ये आफूहरुसहित वडाध्यक्ष र बार्डका सदस्यहरुसमेत गरी बहुमतीय रहेकाले मेयर यादव लुकिछिपी भाग्ने गरेको आरोप लगाइन् । उनले यस नगरसभालाई अवैधानिक रहेको भन्दै कमला नगरपालिका वडा नम्बर १ का वडाध्यक्षले बताए । २०८२ चैत ३० गते नगरसभा सम्पन्न भयो ।

कमला नगरपालिकाको नगरसभा सम्पन्न भएको दुई साताभन्दा बढी वितेको छ । तर यहाँका ज्येष्ठ नागरिकले ९ महिनादेखि भत्ता नपाएको भन्दै नागरिक समाज संघर्ष समितिका अध्यक्षसमेत रहेका स्थानीय विष्णुदेव राम यादवले गुनासो गरे । उनले आफूहरुले जसोतसो नगरसभा गरी शिक्षक, ज्येष्ठ नागरिक, कर्मचारी, बालबालिका, गर्भवत्ति महिलालगायतकाले नगरपालिकाबाट पाउनुपर्ने सेवासुविधा विगत ९ महिनादेखि नपाएको बताए । उनले नगरपालिकाले आफ्नो कामकारबाही नगर्दा आफूलाई निकै कठिनाइ भएको स्पष्ट पारे ।

Comment


Related News