अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको आर्थिक अवस्थालाई मजबुद बनाउने गरि आगामी आर्थिक बर्षको बजेट निर्माण भइरहेको बताउनुभएको छ ।
बाह्रखरी मिडियाले शनिबार काठमाडौंमा आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रममा अर्थमन्त्री वाग्लेले मुलुकको आर्थिक अवस्थालाई मजबुद स्थतिमा पु¥याउने लक्ष्यका साथ सरकार अघि बढिरहेको भन्दै बजेट लेखनमा त्यसको प्रयास भइरहेको बताउनुभएको हो ।
उहाले आर्थिक क्षेत्रलाई चलायमान बनाउन असान्दर्भिक ऐन खारेजी र लगानीको वातावरण बनाउने नीति रहेको उल्लेख गर्नुभयो । अर्थमन्त्री वाग्लेले उच्चस्तरीय आर्थिक सुझाव आयोगको प्रतिवेदनलाई पनि मध्यनजर गरिएको बताउनुभयो ।
निजी क्षेत्रलाई विश्वास लिएरमात्रै आर्थिक विकास सम्भव रहेको भन्दै उहाले व्यवसाय गर्ने र रोजगारी सिर्जना गर्ने उद्यमीको सुरक्षामा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
त्यस्तै अर्थमन्त्री वाग्लेले निजी सम्पत्तिको सुरक्षा, सम्झौताहरूको कार्यान्वयन र करको भारलाई कम गर्ने गरी नीतिगत सुधार गरिने उहाले बताउनुभयो । उहाले सुशासनका लागि पनि सरकारले गम्भीरतापूर्वक कार्य गरिरहेको उल्लेख गर्नुभयो ।


