२०८३ बैशाख २०, आईतवार १६:४२

रास्वपा सभापति रवि लामिछानेले निजी क्षेत्रसँगका व्यवसायीहरुसंग छलफल गरेका छन् ।

सो क्रममा उनले अर्थतन्त्र, उद्योग–व्यवसाय र नीतिगत सुधारसम्बन्धी धारणा राख्दै व्यवसायीलाई आश्वस्त पारेका हुन् ।

रविले सुशासन र आर्थिक सुधारलाई केन्द्रमा राखेर सरकार अघि बढ्ने पनि बताएका छन् । उनले व्यवसायीका कुरा सुनेपछि उनीहरूलाई नडराउन भन्दै फकाउने कोसिस गरेका हुन् ।

लामिछानेले सुशासन र आर्थिक वृद्धिका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउँदै आगामी दिनमा निजी क्षेत्रसँग निरन्तर संवाद गर्दै जाने पनि बचन दिएका छन् ।

निजी क्षेत्रलाई रविका १० सन्देश

व्यवसायीलाई आश्वासन : सरकारले केही व्यवसायीमाथि धरपकड गरे पनि निजी क्षेत्र डराउनु हुँदैन । उद्योगी–व्यवसायी डराउनुपर्ने अवस्था छैन, सरकार उनीहरूलाई दुःख दिन चाहँदैन।

अर्थतन्त्र सुधारको रोडम्याप : वास्तविक अर्थतन्त्र विकासका लागि रास्वपाले स्पष्ट योजना बनाएको दाबी।

उत्पादनमुखी अर्थतन्त्रमा जोड : आयातमुखीभन्दा उत्पादनमुखी अर्थतन्त्रतर्फ देशलाई लैजानुपर्ने आवश्यकता औंल्याए।

एकाधिकारविरुद्ध कडा कदम : केही समूहले अर्थतन्त्र नियन्त्रण गर्ने प्रयास गरेकाले सरकारले कडा रूपमा हस्तक्षेप गर्ने।

कर सुधारमा सकारात्मकता : उच्च आयकर दर घटाउने विषयमा सरकार सकारात्मक रहेको संकेत।

निजी क्षेत्रको भूमिका महत्वपूर्ण : रोजगारी सिर्जनामा निजी क्षेत्रको प्रमुख योगदान रहेको स्वीकार।

आईपीओमा कडाइ : घाटामा रहेका कम्पनीलाई आईपीओ जारी गर्न नदिने स्पष्ट नीति।

नीतिगत सुधार र सहजीकरण : लाइसेन्स प्रक्रिया छिटो बनाउने, एमआरपी लगायत समस्या बजेटमार्फत सम्बोधन गर्ने तयारी।

सुरक्षा र सहकार्यको प्रतिबद्धता : निजी क्षेत्रलाई सुरक्षित वातावरण दिने र निरन्तर सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता।

सहकार्य : सुशासन र आर्थिक वृद्धिका लागि सबै क्षेत्रसँग सरकारको सहकार्य

Comment


Related News

Latest News

Trending News