आधा सिलिन्डर भर्ने व्यवस्थासँगै बजारमा खाना पकाउने ग्यासको अभाव टर्दै गए पनि पूर्ण ग्यास सिलिण्डर कहिले पाउने हो भन्ने अन्योलता बढ्दै गएको छ । हुन त ग्यास व्यवसायीहरू अब पूरै सिलिन्डर ग्यास भरेर बजारमा दिइने बताइरहेका छन् । तर नेपाल आयल निगमले भने पूरा सिलिन्डर ग्यास दिने कुनै आधिकारिक निर्णय गरेको देखिदैन ।
अन्तर्राष्ट्रिय बजारमा आपूर्ति शृंखला खलबलिएसँगै चुलिएको खाना पकाउने ग्यासको अभाव एकाएक चर्किदा केही दिनसम्म ग्यासकको कृत्रिम अभाव नै सिर्जना भयो । चौतर्फी दबाव बढ्न थालेपछि ग्यास वितरणमा सरकारी तवरबाट कडाइ भएपछि सहजीकरण त भयो तर आपूर्ति पूर्ण भएको छैन । कतिपय उपभोक्ताले आधा दर्जनसम्म सिलिन्डर भरेर लैजान थालेपछि विक्रेताले ग्यास पु¥याउनै नसकेको बताए । कैयौँले भने एक सिलिन्डर भर्न चारपाँच दिन बढी कुर्नु परिरहेको थियो ।
व्यवसायीले ग्यास लुकाएकोदेखि उपभोक्ताले थुपारेर सञ्चिती बढाएकोसम्म चर्चा भयो । पश्चिम एशियामा बढ्दो द्वन्द्वका कारण इन्धनको विश्वव्यापी संकटको प्रभाव नेपालमा पनि परेको थियो । समस्या बढ्दै गए संकट झन् चुलिनसक्ने अवस्था आउने भएकाले आयल निगमले आधा सिलिन्डर अर्थात् ७.१ केजीमात्र भर्ने व्यवस्था नै लागु ग¥यो । शुरुमा आधा सिलिन्डर भरेका उपभोक्ता अब भने आधा ग्यास लिन झन्झट मानिरहेका छन्। जसले गर्दा, दुई महिना अघिसम्म खाली सिलिन्डरका लामो लाइन देखिने डिलरहरूमा अहिले उपभोक्ता ग्यास भर्नेभन्दा ‘पूरै ग्यास कहिले आउँछ उनका अनुसार अप्रिल महिनामा करिब ३४–३५ हजार मेट्रिक टन खाना पकाउने ग्यास भित्रिएको छ ।
नेपालमा मासिक औसत ४५ देखि ४६ हजार मेट्रिक टन ग्यासको माग रहेकोमा कुल मागको करिब ४० प्रतिशत खपत काठमाडौँ उपत्यकामा मात्र हुने गरेको निगमले जनाएको छ । आयातमा निर्भर हुनुपर्दा अन्तर्राष्ट्रिय बजारमा आपूर्ति अवरोधको असर सिधै नेपालमा पर्ने गरेको छ । त्यसमाथि बजारमा अभावको हल्ला चलेपछि उपभोक्ताले ग्यास सिलिन्डर थुपारेर सञ्चिती बढाउने, केही विक्रेताले गडबडी गर्ने जस्ता कारण पनि अभाव चुलिने गरेको देखिन्छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपाली उपभोक्ता समेत मूल्यवृद्धिको मारमा पर्दै आएका छन् । ग्यासको समेत मूल्य बढेको छ। यसअघि आधा सिलिन्डर ग्यासको १ हजार ५ रुपैयाँ पथ्र्यो । निगमले गत शुक्रबारदेखि लागु हुने गरी प्रतिसिलिन्डर १५० रुपैयाँ बढाएको छ । सो अनुसार अब पूरा सिलिन्डर -१४.२ केजी) को २ हजार १६० रुपैयाँ र आधा -७.१ केजी) को १ हजार ८० रुपैयाँ पर्न गएको छ ।


