२०८३ बैशाख २१, सोमबार ११:५७

आज सुनको भाउ तोलामा सामान्य घटेको छ ।

सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुन तोलामा ३ सय रुपैयाँले  घटेर दुई लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलामा दुई लाख ९५ हजार १ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने २० रुपैयाँ बढेको छ ।

चाँदी तोलामा २० रुपैयाँले बढेर ५ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ ।   हिजो चाँदीको भाउ पाँच हजार १० रुपैयाँ थियो ।

Comment


Related News

Latest News

Trending News