२०८३ बैशाख २१, सोमबार १७:०७

नेपाल–भारत सीमा भन्सार रु १०० रुपैया भन्दा माथिको सामानमा कर लगाउने नीति हटाउन माग गर्दैै काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ ।

राष्ट्रिय एकता दलले सीमानमा रु १०० को मापदण्ड हटाउन माग गर्दै सोमबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो ।

नेपाल–भारत सीमा क्षेत्रमा भन्सारमा कडाई गर्दा सीमा वरिपरि बस्ने नेपाली नागरिकले सास्ती भोग्नु परेको र दैनिक जिवनयापनमा समेत समस्या परेको उनीहरुको गुनासो छ ।

प्रदर्शनमा सहभागीहरुले सीमामा १०० को नियम हटाऊ, गरीबको हक अधिकार बचाउ, मानव अधिकारको रक्षा गर, सीमानाका किसानलाई मल देउ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले सीमा क्षेत्रमा रहेका बासिन्दाले दैनिक उपभोग्य बस्तुमा कर लगाएर अन्याय गरेको भन्दै तत्काल रु १०० को मापदण्ड खारेज गर्न माग गर्नुभयो ।

साथै उनीहरुले देशका बिभिन्न स्थानमा डोजर आतंक मच्चाइएको भन्दै विरोध जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News