जिल्ला अदालग गौरका डिठ्ठा लबकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सिंहविरुद्ध अख्तियारले आज मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। सेवाग्राहीसँग घुस-रिसवत वापत लिएको ५० हजार रुपैयाँसहित उनलाई केही दिनअघि अख्तियारको टोलीले कार्यालयबाटै पक्राउ गरेको थियो।
सेवा ग्राहीको उजुरी एवं निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडाबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको थियो। उनले सेवाग्राहीको रोक्का जग्गा फुकुवा गर्नको लागि बिभिन्न बाहाना वनाई दुःख हैरानी दिई बार्गेनिङ्ग गरी सेवाग्राहीसँग घुस लिँदै आएको अख्तियारले जनाएको छ।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा मुद्दा दर्ता गरिएको हो।


