२०८३ बैशाख २२, मंगलवार १६:२०
सरकारले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यहि वैशाख २८ गते संघीय बैठक आह्वानको लागि सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।
दुवै सदनको बैठक वैशाख २८ गते दिउँसो २ बजे बस्ने गरि आह्वान गर्न सिफारिस गरिएको उहाले बताउनुभयो ।
आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउनका लागि सरकारले अधिवेशन आह्वानको सिफारिस गरेको हो ।



