नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा ओमानलाई ८१ रनले पराजित गरेको छ ।
यो जितसँगै नेपालले लिग–२ अन्तर्गत ओमान र युनाइटेड अरब इमिरेट्स (यूएई) सम्मिलित त्रिदेशीय श्रृखंलाको सुखद अन्त्य गर्यो । श्रृखंलामा नेपालले चारमध्ये तीन जित निकाल्दै एक हार व्यहोर्यो ।
जसबाट घरेलु टोलीले लिग–२ को तालिकामा १८ अंक जोडेको छ । तालिकाको सातौँ स्थानमा रहेको नेपालले २४ खेल पूरा गर्दा आठ जित र १४ हार व्यहोर्यो । टोलीको दुई खेल भने रद्द भएको थियो । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा नेपालले प्रस्तुत गरेको २५७ रनको लक्ष्य पछ्याएको ओमानले ३९.३ ओभरमा सबै विकेट गुमाएर १७५ रन मात्र बनाउन सक्यो ।
ओमानलाई सस्तैमा रोक्न गुल्सन झाले सर्वाधिक पाँच विकेट लिए । गुल्सनले नौ ओभर बलिङ गर्दा ३८ रन खर्चिए । करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान एक विकेट लिए । ओमानका विनायक शुक्लाले ३६ रन बनाए । हमाद मिर्जाले ३४ रन जोडे । ओपनर हस्नैन उल वहाबले २९ जोडे । कप्तान जतिन्दर सिंह र नदिम खानले समान १२ रन जोड्दा हस्नैन साहले १४ र वसिम अलीले १० रन बनाए ।
त्यसअघि पहिलो इनिङमा टस जितेर ब्याटिङ रोजेको नेपालले ओमानविरुद्ध निर्धारित ४९.४ ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको हो । नेपालका निम्ति ओपनर आशिफ शेखले आशिफ शेखले ९४ रन बनाए । आशिफले ९७ बलमा सात चौका र ६ छक्का प्रहार गरे ।
आशिफले दोस्रो विकेटेको निम्ति अर्जुन कुमालसँग १२२ रनको शतकीय साझेदारी गरेका थिए । अर्जुन कुमालले ४८ रन बनाए । ८७ बल खेलेका अर्जुनले चार चौका प्रहार गरे । २७.५ ओभरमा क्याचआउट भएपछि यी दुईको शतकीय साझेदारी तोडिएको थियो ।अविजित रहेका आरिफ शेखले ४३ रन बनाए । उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३३ र आरिफ शेखले गुल्सन झाले १७ रन बनाए ।
ओमानका नदिम खानले तीन विकेट लिए । शकिल अहमद र हस्नैन साहले समान दुई विकेट लिँदा जितेन रमानन्दी र आर्यन विस्टले समान एक विकेट लिए । हारसँगै ओमानले श्रृखंलामा चार खेलमध्ये समान दुई जित र हार व्यहोर्यो । जसबाट तालिकाको तेस्रो स्थानमा रहेको ओमानले ३१ अंक जोड्यो । ओमानले २८ खेल खेल्दा १४ जित र ११ हारसहित यो नतिजा आत्मसाथ गरेको हो । टोलीको तीन खेल भने रद्द भएको थियो ।
यो समीकरणबाट नेपालले शीर्ष चारमा स्थान बनाउने ढोका खुला गरेको छ । १६ मध्ये १३ खेलमा जित हासिल गर्नुपर्ने दबाबमा रहेको नेपालको विश्वकप क्वालिफायर्स सम्भावना पनि बलियो भएको छ । नेपालले घरमै आगामी २९ गते देखि अमेरिका र स्कटलयान्ड सम्मिलितसँग पनि त्रिदेशीय श्रृखंला खेल्ने तालिका छ । उक्त श्रृखंलाको निम्ति पनि यो नतिजाले खेलाडीहरूको मनोवल बढाउनसक्छ ।


