२०८३ बैशाख २३, बुधबार १२:१३

आज सुनचाँदीको भाउ बढेको छ ।

सुनको भाउ आज तोलामा ५ हजार ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

भाउ बढेर सुन आज तोलाको २ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो सुनको भाउ तोलाको २ लाख ९१ हजार रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १७५ रुपैयाँले बढेको छ ।

चाँदी आज तोलामा ५ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि हिजो चाँदीको भाउ तोलाको ४ हजार ८८० रुपैयाँ रहेको थियो ।

Comment


Related News