२०८३ बैशाख २३, बुधबार १३:१७

प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद बैठक आह्वान गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार वैशाख २४ गते साँझ ५ बजे बस्ने गरी प्रधानमन्त्रीले बैठक आह्वान गरेका हुन्।

प्रधान न्यायाधीशलगायत विभिन्न पद रिक्त छ।

सरकारले हालै संवैधानिक परिषदसम्बन्धी अध्यादेश पनि ल्याएको थियो। प्रधानमन्त्रीसहित ३ जनाको बहुमतबाट निर्णय लिन सक्ने अद्यादेशको व्यवस्था छ। संवैधानिक परिषदमा ६ जना रहन्छन्।

Comment


Related News