२०८३ बैशाख २३, बुधबार १६:३०

भएको छ ।

बुधबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सरकारले ल्याएको अध्यादेशमध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा पार्टीको गम्भीर असहमति रहेकाले संसद बैठकमा यसबारे गम्भीर रुपमा आवाज उठाउन निर्देशन दिइएको पार्टी सभापति गगन थापाले जानकारी दिनुभयो ।

संसदमार्फत संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा ल्याइएको बिषयलाई सच्चाउनका लागि सरकारलाई दवाव दिन कांग्रेस सांसदहरुले आवश्यक भूमिका निर्वाह गर्ने उहाको भनाइ छ ।

सभापति थापाले संवैधानिक निकायहरूमा सरकार प्रमुखको एकलौटी नियन्त्रण राख्नका लागि सरकारले अध्यादेश ल्याएको आरोप समेत लगाउनुभयो । उहाले प्रधानन्यायाधीश कसलाई बनाउने भन्ने पहिले नै तय भइएसकेको भन्दै आफ्नो खल्तीबाट झिकेको नामलाई पारित गराउन जालझेलपूर्ण रुपमा कानून बनाइएको तर्क गर्नुभयो । सभापति थापाले वर्तमान सरकारलाई प्राप्त जनादेशलाई सम्मान गर्ने सवैको जिम्मेवारी भएकाले संविधानको सीमाभित्र रहेर गरेका काममा कांग्रेसले कुनै अवरोध नपुराउने उल्लेख गर्नुभयो । तर संविधानबिपरितको काममा सरकार अघि बढे सशक्त खवरदारी गर्ने उहाको भनाइ छ ।

उहाले पछिल्ला निर्णय हेदा वर्तमान सरकार ठूलो भ्रममा रहेको जस्तो देखिएको जिकिर गर्नुभयो ।

त्यस्तै सभापति थापाले भूमिहीन दलित र सुकुमवासीको पहिचान गरि उचित व्यवस्थापन गर्नुपर्नेमा डोजर आतंक मच्चाइएको भन्दै आपत्ति जनाउनुभयो । उहाले नागरिकप्रतिको कर्तव्यलाई नझुल्न समेत सरकारलाई सुझाव दिनुभयो ।

Comment


Related News

Latest News

Trending News