२०८३ बैशाख २४, बिहीबार ०७:२८

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मधेश प्रदेश सहित देशका सातवटै प्रदेशमा स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला गर्ने भएको छ ।

प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माले बुधबार केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सो कुराको जानकारी दिएका छन् । शर्माले प्रस्तुत गरेको तालिका अनुसार ती प्रदेशस्तरीय भेला वैशाख २६ गते धनगढीबाट सुरु भएर जेठ १५ गते रु प न् द े ह ी म ा अन्तिम हुने उल्लेख छ ।

कार्यतालिका अनुसार जेठ ६ र ७ गते मधेश प्रदेश स्तरीय भेला महोत्तरीको बर्दिवासमा हुनेछ । यस्तै सुदूरपश्चिम प्रदेशस्तरीय भेला वैशाख २६ र २७ गते धनगढीमा, वैशाख २८ र २९ गते कर्णाली प्रदेशस्तरीय भेला सुर्खेतमा, वैशाख ३१ र जेठ १ गते गण्डकी प्रदेशस्तरीय भेला पोखरामा आयोजना हुने भएको छ ।

यस्तै जेठ ४ र ५ गते बागमती प्रदेशस्तरीय भेला धुलिखेल, जेठ ८ र ९ गते कोशी प्रदेश स्तरीय भेला सुनसरीको लौकहीमा र जेठ १४ र १५ गते लुम्बिनी प्रदेश स्तरीय भेला रुपन्देहीको तिलोत्तमामा हुने भनिएको छ ।

Comment


Related News