धनुषाको जनकपुरधामस्थित कटैया– चौरीकी रोशनी झा मृत भेटिएको प्रकरण धनुषा जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । जनकपुरधाम उपमहानगरपालिका–४ मा पर्ने कटैया– चौरी घर भएकी रोशनीको हत्या आरोपमा पति प्रशान्त मिश्रलाई पुर्पक्षका लागि थुनामा छन् । यसै क्रममा प्रशान्त मिश्रका पिता तथा मृतक रोशनीकी ससुरा रुद्रप्रकाश मिश्रले आफूहरु दुबै पक्ष यस घटनाबाट विक्षिप्त रहेको बताएका छन् ।
जनकपुरधाममा बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै मिश्रले सो घटनापछि आफूमाथि ज्यानमार्नेसम्मको धम्कीहरु बारम्बार आउने गरेको बताउँदै उनले आफ् नो रक्षाका लागि सरोकारवालासंग समेत माग गरे । उनले आफ्नो बुहारीको हत्या भएपछि उनको माइती पक्षका आफन्तजनले पटकपटक सरसम्पत्तिको माग गर्दै ज्यानमार्नेसम्मको धाकधम्की दिने गरेको बताए । तर आफू दुई नातिको उज्ज्वल भविष्यका लागि गम्भीर रहेकाले सो सम्पत्ति उनीहरुको परवरिशमा खर्चिने र आफ्नो छोरा जेलमा रहेकाले बुढेसकालमा दयनिय अवस्थाबाट गुज्रिनु परेको बताए ।
उनले आफू माथि हातपात गर्ने गरेको, धम्की दिने गरेकाले मार्ने खतरा रहेकोले आफ्नो ज्यानको खतरा रहेकाले ती बालबालिकाको परवरिशमा सो सम्पत्ति खर्चिन र बालबच्चाकै हकभोगमा रही कसैले पनि कुनै पनि नाममा बिक्रीवितरण गर्न नपाउने गरी व्यवस्था गरिदिन आग्रह आग्रह गरे । रोशनी मृत्यू प्रकरणपछि माइती र मामा गाउँको सम्पत्तिकै कारण अहिले रोशनीको माइतपक्षकाहरु विभिन्न खाले जालझेल गरिरहेको आरोप समेत उनले लगाए ।


