२०८३ बैशाख २५, शुक्रबार ०८:०४

मधेश सरकार बारे निर्णय गर्न गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालका शिर्ष नेताहरु छलफलमा जुटेका छन । जनमत पार्टीले समर्थन फिर्ता लिएपछि सरकार संकटमा फंस्दा सरकारबाट समर्थन फिर्ता लिने वा जारी राख्ने बारे जसपा नेपालका शिर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका बीच वर्तमान सरकारलाई समर्थन जारी राख्ने की फिर्ता लिन नेताहरु छलफल गर्न काठमाडौ पुगेका छन । जनमत पार्टीले समर्थन फिर्ता लिएकै दिन जसपा नेपालले समेत समर्थन फिर्ता लिने चर्चा चलेपछि जसपा आन्तरिक छलफल शुरु गरेका छन् । पर्ख र हेरको रणनीति अपनाएका जसपा नेपालले केन्द्रिय नेतृत्व संगको समन्वयमा निर्णय लिने भन्दै मधेश प्रदेशका तीन जना पूर्व मुख्यमन्त्री सहितका नेताहरु काठमाडौमा गएको बुझिएको छ ।

बिहीवर पार्टी कार्यालय बालकुमारीमा मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत, पूर्व मुख्यमन्त्री एवं संसदीय दलका नेता सरोज कुमार यादव, पूर्व मुख्यमन्त्री जीतेन्द्र सोनल, पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, पूर्व राज्यमन्त्री सुरेश कुमार मण्डल सहितका नेताहरुले मधेश प्रदेश सरकार बारे छलफल गरेको बताइएको छ ।

चुनावको मुखमा तत्कालिन लोकतान्त्रिक समाजवादी पार्टीसंग एकीकरण गरेको भएपनि समायोजन प्रक्रिया बाँकी नै रहेकाले समायोजन प्रक्रिया सकिएपछि मात्र सरकारबारे जसपा नेपालले औपचारिक निर्णय गर्ने निष्कर्षमा पुगेको श्रोतले जनाएको छ । श्रोतका अनुसार सरकारको नेतृत्वमा एमाले समेत दाबी गर्न थालेपछि जसपा नेपाल पर्ख हेरको रणनीति अपनाएका हो । समायोजन प्रक्रिया पुरा भएपछि जसपा नेपाल २६ सिटसहित ठूलो दलको हैसियतमा सरकार नेतृत्वमा दाबी गर्नेछ ।

यसैबीच जसपा नेपाल र लोसपा नेपालका पदाधिकारीहरु पार्टी समायोजनको प्रक्रिया कहाँसम्म पुग्यो भन्ने कुरा बुझ्न बिहीवार नै निर्वाचन आयोगको कार्यालयमा पुगेका छन् । जसपा नेपालको समायोजनपछि पार्टी मधेश प्रदेशको सबै भन्दा ठूलो दल बनेर सरकार नेतृत्वको दाबी गर्ने पक्षमा रहेका कारण अहिले समर्थन बारे कुनै औपचारिक निर्णय नगरेको बुझिएको छ ।

तत्कालिन जसपा नेपालको १९ र लोसपा नेपालको ८ गरि जम्मा जम्मा २६ सांसद रहेका छन् । जसपा र लोसपा दुवैबाट एक/एक सांसद निलम्बित छन् भने जसपाबाट एक जना सांसद सभामुख भएका छन् । यस अर्थले एकीकृत जसपा नेपालसँग २५ सीट मात्र हुन जान्छ । जनमत पार्टीले समर्थन फिर्ता लिए पछि मधेश प्रदेशको सरकार संकटमा परेको छ । जसपा नेपालको निर्णय निर्णायक रहेको हुनाले सबै दल जसपा नेपालको निर्णयलाई पर्खी रहेको छ ।

अहिले जसपा नेपाल निर्णायक भूमिका रहेका छन् । कांग्रेस र नेकपालाई एकल्याएर एमाले, जसपा नेपाल र जनमत सम्मिलित सरकार बनाउने कसरत भइरहेको कुरा चर्चामा रहेको छ । अहिले प्रदेश सभामा १०० सांसद रहेकोमा नयाँ सरकार बनाउन ५१ सिट चाहिन्छ । चर्चामा रहेको नयाँ समीकरण अनुसार बन्ने सरकारका लागि दलहरुसँग एमालेको २४, जसपा नेपालको १८, लोसपा नेपालको ८ र जनमत पार्टीको १२ सहित ६२ सिट पुग्छ ।

Comment


Related News

Latest News

Trending News