एकीकृत जनता समाजवादी पार्टी (जसपा) नेपाल संरक्षक महन्थ ठाकुर आफ्नो पुरानै लोकतान्त्रिक पार्टी (लोसपा) नेपालको कार्यालयमा केक काटेर जन्मदिन मनाएका छन् । ठाकुर तत्कालीन लोसपाका अध्यक्ष रहेका छन् ।
तत्कालीन लोसपा र जसपाबीच एकीकरण भइ समायोजन प्रक्रियामा रहेको क्रममा ठाकुरले आफ्नो पुरानै लोसपाको कार्यालयमा जन्मदिन मनाउनु कुरा बहसको विषय बनेको छ । जसपा नेपालको संरक्षक भइसकेको अवस्थामा पुरानै पार्टीलाई ग्राहयता दिनुलाई अर्थपूर्ण मानिएको छ ।
लोसपा र जसपा नेपाल एकीकरण भइसकेपनि आन्तरिक रुपमा एकीकरण हुन नसकेको भन्ने कुरा ठाकुरले पार्टी कार्यालयमा मनाएको जन्मदिनलाई हेरिन्छ । जसपा नेपालकै कोटाबाट ठाकुर राष्ट्रिय सभाका उम्मेदवार बनेका थिए । हुन त ठाकुरलाई केक खुवाउन जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव समेत लोसपाको पार्टी कार्यालय पुगेका थिए ।
समायोजन प्रक्रिया कहाँसम्म पुग्यो भन्ने बारे बुझ्न दुवै पक्ष निर्वाचन कार्यालयमा समेत बिहीवार पुगेको थियो । यसैबीच लोसपा कार्यालय रहेको जग्गा खाली गर्न सरकारले निर्देशन दिइसकेको छ । पार्टी कार्यालयका लागि नयाँ जग्गाको खोजीमा रहेका लोसपाका नेताहरुले अध्यक्ष ठाकुरको जन्मदिन कार्यालयस्थलको लागि अन्तिम रहेको भन्ने पार्टीको अविस्मरणीय क्षण बनाउन मनाइएको लोसपाका एक नेताले बताएका छन् ।


