२०८३ बैशाख २५, शुक्रबार ०९:२०

पश्चिम बंगालका राज्यपाल आरएन रविले त्यहाँको विधानसभा भंग गरेका छन् ।

राज्यपालका तर्फबाट जारी आदेशमा भनिएको छ, ‘भारतीय संविधानको अनुच्छेद १७४ को उपधारा (२)को खण्ड (b) मा प्राप्त अधिकारको सदुपयोग गर्दै म ७ मे २०२६ देखि प्रभावी पश्चिम बंगाल विधानसभा भंग गर्दछु ।’

पश्चिम बंगाल विधानसभाको चुनावी नतिजा आएपछि राज्यमा एक तनाव बढ्दो देखिन्छ । विभानसभा चुनावमा तृणमूल कांग्रेसको हारपछि ममता बनर्जीले मंगलबार मुख्यमन्त्री पदबाट राजीनामा दिन अस्वीकार गरेकी थिइन् ।

पश्चिम बंगालका भाजपा प्रवक्ताले नयाँ सरकार शनिबार शपथ लिने जानकारी दिए । यस्तो अवस्थामा ममताले राजीनामा नदिँदा कैयौं प्रश्नहरु उठेको उनको भनाइ छ ।

पूर्व मुख्य चुनाव आयुक्त एसवाई कुरैशीले दुर्लभ स्थितिमा राज्यपालले मुख्यमन्त्रीको राजीनामा माग्ने अनुमति भएको बताए ।

उनी भन्छन्, ‘यदि राजीनामा आउँदैन भने राज्यपाल संविधानको अनुच्छेद ३५६ को प्रयोग गर्दै राज्यमा संवैधानिक व्यवस्था टुट्न नदिनका लागि राष्ट्रपति शासन लागू गर्नसमेत पाउँछन् ।’

Comment


Related News

Latest News

Trending News