२०८३ बैशाख २५, शुक्रबार १६:४८
पूर्वमन्त्री सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रमबीच श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले किराँतीलाई पार्टीमा भित्र्याएका हुन्।
उनलाई श्रम संस्कृति पार्टीले वरिष्ठ नेतासहित दोस्रो वरियता दिँदै उपाध्यक्षको जिम्मेवारी सुम्पिएको छ। किराँती पक्षले वरिष्ठ नेतासहित एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य पाउने छन्।
जेनजी आन्दोलनपश्चात प्रचण्डले माधव नेपालसहित पार्टी एकता गरेपछि किराँती अलगिएका थिए। उनी उनी जनार्दन शर्मासहित प्रलोपामा समाहित भएका थिए। किराँतीले उक्त पार्टी त्याग्दै श्रम संस्कृति रोजेका हुन्।


