२०८३ बैशाख २५, शुक्रबार १७:४३

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले पहिचान र व्यवस्थापनपछि मात्रै देशभरका भूमिहिन, सुकुम्वासी र अव्यवस्थीत बस्ती हटाइने बताउनुभएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्री रावलले उपत्यकामा बाढीको जोखिमबाट जोगाउनका नागरिकलाई सुरक्षित राख्न तटीय क्षेत्रका बस्ती हटाइएको भन्दै अन्य स्थानमा भने पहिचान र व्यवस्थापनपछि मात्रै काम अघि बढ्ने बताउनुभएको हो । उपत्यकामा नागरिकलाई सुरक्षीत राख्न गरिएको कदमलाई देशैभर डोजर आतंक भन्दै अतिरञ्जीत गर्ने काम भएको उहाको भनाइ छ । मन्त्री रावलले संघीय सरकारको परिपत्रबाट कोहि पनि आतिनुपर्ने अवस्था नरहेको धारणा राख्नुभयो । वास्तविक पीडितको व्यवस्थापन राज्यले गर्ने भन्दै उहाले नक्कली पीडितप्रति भने राज्य निर्मम भएर अघि बढ्ने उहाको भनाइ छ ।

त्यस्तै मन्त्री रावलले यसअघि बनेका भूमि आयोग राजनीतिक भर्ति केन्द्रजस्तो मात्रै भएकाले अव वास्तविक पीडितहरुको समस्या समाधान गर्ने गरि समिति बनाइने उल्लेख गर्नुभयो ।

उहाले सहकारीमा देखिएको समस्या समाधानका लागि सरकारले ऋण असुली, बचत फिर्ता र सहकारीहरूको नियमनलाई प्राथमिकतामा राखेको जाकारी दिनुभयो । मन्त्री रावलले सहकारी समस्या समाधान राज्य कोषको रकमबाट नभइ ऋण असुली गरेर नै बचतकर्ताको रकम फिर्ता गरिने स्पष्ट पार्नुभयो ।

Comment


Related News

Latest News

Trending News